समीक्षा अधिकारीले शाहसँग आफ्नो कुनै ‘अनैतिक सम्बन्ध’ नभएको प्रष्टीकरण

८ कार्तिक, काठमाडौं–  गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहको सम्बन्धलाई लिएर केही समय यता निकै चर्चा भइरहेको छ। सामाजिक सञ्जालदेखि मनोरञ्जन क्षेत्रका टेलिभिजन कार्यक्रम तथा युट्युब च्यानलहरुमा समेत दुईबीच सम्बन्ध रहेको हल्ला चलिरहेको छ।

यसबीच गायिका समीक्षा अधिकारीले अभिनेता शाहसँग आफ्नो कुनै पनि किसिमको ‘अनैतिक सम्बन्ध’ नभएको प्रष्टीकरण दिएकी हुन्। सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले आफू र शाहबीच कुनै पनि किसिमको सम्बन्ध नभएको प्रष्ट पारेकी हुन्।

frontline

समीक्षाले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुराहरुले आफ्नो चरित्र हत्या गरेको र यी कुराहरु सस्तो प्रचारबाजीभन्दा बाहेक केही नभएको लेखेकी छन्।

उनी लेख्छिन्, ‘विना स्रोत अफवाहमा लेखिएका समाचारले हामीलाई सामाजिक र चरित्रिक रुपमा निकै असर पुर्‍याएको छ।’

आफ्ना लागि अभिनेता पल शाह अभिभावकको भएको र उनले कला र क्षमतालाई माया र संरक्षण गर्ने भएकाले आफू पलको फ्यान भएको समीक्षाले लेखेकी छिन्।

उनी लेख्छिन्, ‘एउटै इण्डस्ट्रीमा भएको हिसाबले पल जीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here