समानुपातिकतर्फका बन्दसूची संशोधन गर्ने आज अन्तिम दिन
१६ असोज, काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समय सीमा आज सकिँदै छ ।
असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले आज संशोधित सूची बुझाउन आज अन्तिम दिने हो ।
आयोगले आज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह गरिसकेको छ । आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई भनेको थियो ।
आयोगको आग्रह बमोजिम दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्दै छन् । संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने सक्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्