समाजवादी युवा संघका पूर्व अध्यक्ष मिथिला गरे जसपा नेपालमा प्रवेश ।
मेवालाल कुमार यादब
भदौं ३१,रौतहट ।
समाजवादी युवा संघका पूर्व अध्यक्ष हाल स्वतंत्र अभियानको योद्धा कौशर खान मिथिला जनता समाजबादी पार्टी (जसपा)नेपालमा प्रबेश गर्नु भएको छ । उद्योग वाणिज्य संघको सभा हलमा आईतबार मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित मधेस प्रदेश समितिले संगठन विस्तार अभियान उद्घघाटन तथा अभिमुखीकरण कार्यक्रम बिच मिथिलालाई प्रबेश गराएको बताईएको छ । मधेश प्रदेशका उर्जा सिंचाई तथा खानेपानी मन्त्रालयका राज्यमन्त्री अबुल कलाम अजाद उर्फ फुलबाबुको पहलमा अभिमुखिकरण कार्यक्रम बिच जसपा पार्टी नेपालको अध्यक्ष मा. उपेन्द्र यादवको हातबाट सदस्यता ग्रहण गरी फुलमाला ,टीका लगाई विधिवत रुपमा जनता समाजबादी पार्टी नेपालमा प्रबेश गराएको प्रदेश सदस्य राजकुमार दास तत्माले जानकारी दिनु भएको हो । दासले भने यो भन्दा अघि वहाँ यसै जनता समाजबादी पार्टी नेपालमा नै रहनु भएको थियो । केहि मनमुटा अर्थात कमिकमजोरीको कारण वहाँ यो पार्टी छोडेर स्वतन्त्र अभियान मा जुटेका थिए । तर मिथिलाले पार्टीको नियम नीति काम कार्यको आवधारणा बुझेर अरु पार्टी भन्दा राम्रो यो नै हो भनेर वहाँ फेरि आफ्नो पुरानो घर आउनु भएकोमा युवा नेता दास लगायत पार्टिका वरिष्ठ नेताहरुले हार्दिक बधाइ सहित तथा शुभकामना दिनु भएको हो । सो कार्यक्रम बिच कांग्रेस, नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी जनता समाजबादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेको दलित बिकास समितिका सदस्य तथा मधेश प्रदेशका सदस्य राजकुमार दासले जनाएको छ । सो कार्यक्रमको सम्बोधन गर्दै समाजबादी युवा संघको पुर्वअध्यक्ष कौशर खान मिथिलाले भने देशमा जनता समाजबादी पार्टी (जसपा) नेपाल अरु पार्टी भन्दा बलियो बन्ने दावी गर्नु भएको थियो । “मन मनमा जसपा घर घरमा जसपा ” विशेष रुपान्तरण अभियान संञ्चालनमा रहेको उल्लेख गर्दै मधेश प्रदेशमा पाटी प्रवेश गर्नेको संख्या बढेको उहाँले बताउनु भयो । पछिल्लो समयमा विभिन्न पाटीमा रहेका नेता तथा कार्यकर्तामा असुन्तुष्टी बढ्दै गएको र जसपामा आर्कषित भएको उहाँको भनाई रहेको थियो । सरकारले गरेका सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जसपाले घरदैलो अभियान गरेको उहाँले जानकारी दिनुभयो ।उद्योग वाणिज्य संघको सभा हल जनकपुरधाममा भएको कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।। उक्त कार्यक्रममा प्रदेश अध्यक्ष रामबाबु कुमार यादव, प्रदेश सदस्य युवा नेता राजकुमार दास ,प्रदेश सदस्य अनिल कुमार यादव ,संघीय परिषद सदस्य जयमंगल यादव ,गजेन्द्र राय यादव, धिरेन्द्र राय यादब , मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, संघीय परिषद् सदस्य, संघीय सांसद, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेशसभा सदस्य र मधेस प्रदेश परिषद् सदस्यलाइ कार्यक्रममा उपस्थित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्