समाजवादी खेलकुद महासंघको भेला सम्पन्न, संयोजक आशिष लामा

Exif_JPEG_420

मेवालाल यादव, रौतहट

frontline

समाजवादी खेलकुद महासंघ जिल्ला भेला अन्तर्गत संगठन बिस्तार अभियानले रौतहट जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न गरेको छ । जसपाको रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रदेश सान्सद रामकिशोर प्रसाद यादव ,जिल्ला अध्यक्ष श्याम बिहारी यादव, बिशिस्ट अतिथि प्रदेश सान्सद शोभ देवि , प्रदेश उपाध्यक्ष , युवा बिद्यार्थी तथा खेलकुद बिभाग प्रमुख र पुर्व कानुन मन्त्री ग्यानेनद्र यादव, पुर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव , प्र. स. स. बिजय चौधरी , समाजवादी खेलकुद महासंघको प्रदेश अध्यक्ष राजेश कुमार गुप्ता , पुर्व जिल्ला अध्यक्ष अब्दुल समद , जिल्ला उपसचिव दिनेश कुमार यादव , कोषअध्यक्ष बृज मोहन साह कानु लगायतले आआफ्ना धारणा रखेका थिए ।यो भेलाले संयोजकमा आशिष लामा , उपाध्यक्ष अमित कुमार यादव, सचिव रामसागर यादव सहितको २१ सदस्यीय पदाधिकारी कमिटी पनि चयन गरेको छ ।

Exif_JPEG_420


कार्यक्रममा सम्बोधन गर्दै पुर्व प्रदेश सान्सद रामकिशोर प्रसाद यादवले आफूहरुले यो संघलाई खेलकुदको क्षेत्रमा नमूना संघ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।यादवले खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने यो संघले खेलकुदकै क्षेत्रमा विशेष काम गरे पनि आफूलाई पूर्ण रुपमा राजनीतिबाट अलग पनि नगराउने बताएका छन् । नेपाली खेलाडीका सबै समस्या समाधान गर्न यो संघ सधैं तत्पर हुनेछ, खेलेर नेपाललाई विश्व चिनाउने खेलाडीहरुलाई जीवन यापनका लागि सहज वातावरण बनाउन पर्छ भन्ने हाम्रो उद्देश्य हुनेछ ।’ उनले खेलकुद महासंघको गठन भएसँगै नै खेलाडीहरुलाई सहज बनाउन काम गर्न थालिसकेको पनि बताएका साथै नव गठित कमिटीको शुभकामना दिएका छन

Exif_JPEG_420

प्रतिक्रिया दिनुहोस्

poster-here