समाचार बन्न नसकेका समाचारहरु
काठमाडौँ, १ कात्तिक असत्यमाथी सत्यको बिजयका रुपमा बर्णीत दशैंको माहौल सकिंदै छ । यसबीचमा के कति प्राणीहरु धर्मका नाममा बलि चढे होलान भनेर अनुमान लगाउन गाह्रो छ ।
यद्यपी कुरिती, कुसंस्कार र दम्भमा मौलाउँदै गरेको हाम्रो संस्कृतीको बिकृत पक्षका रुपमा भगवानका नाममा प्राणीलाई बलि चढाउने र त्यसको मासुखाने प्रचलन आज पर्यन्त ज्यूँदो छ ।
कानूनले सुनिश्चित गरेको बलि प्रथाका बारेमा कटाक्ष भन्दापनि सामाजिक चेतना ज्यादा महत्वपूर्ण हुनजान्छ । कानूनले बर्जित गरेका बिषयहरुमा सरकारी उदासिनता र सामाजिक उत्तरदायित्व बिहिनता जस्ता बिषयमा राज्यपक्षको मौनता र यसप्रति समाजमा देखिएको उदासिनता चर्चायोग्छ ।
दशैं अघि सडकमा के कति असहाय गाईबाछा बेवारिसे अवस्थामा भौंतारिएका थिए र दशैंपछि तिनीहरुको संख्या कति छ भन्ने बिषयमा सरकासंग कुनै आँकडा छ ?
हिजोसम्म यत्रतत्र भौंतारिएका ती अबोध राष्ट्रिय जनावर आज कहाँ गए भन्ने बिषयमा कुनै चासो सरकारी निकायमा छ ? सडकमा भौंतारिंदा भांतारिंदै खान नपाएर प्राण त्याग्न बाध्य ती प्राणीप्रति किन जिम्मेवर बन्दैन सरकार ?
सडक दुर्घटनाका मुख्य कारकका रुपमा रहेको ती अबोध प्राणीको रक्षामा किन उदासिन छ सरकार ? सडकमा यत्रतत्र सयौंका संख्यामा यस्ता अबोध प्राणीहरु भौंतारिंदै गर्दा पानी पिउन नपाएर अनि खाना खान नपाएर मरणासन्न अवस्थामा लम्पसार परेका यस्ता राष्ट्रिय जनावरको अवस्थाले हाम्रो राष्ट्रियतालाई खिल्लि उँडाईरहेको दृश्यप्रति किन समूदाय सम्बेनदशिल छैन ?
साना र कलिला त्यस्ता अबोध प्राणीहरु कुकुरको आहार बन्दैगर्दा उनीहरु बाँ बाँ गर्दै करुण पुकार गरिरहेका दृश्यले मान्छेको मन किन दुख्दैन ?
यावत प्रश्नहरुको जवाफदिने हिम्मत शायद कसैले गर्दैन । हाम्रो समूदायमा बढ्दै गरेको मानवीय सम्बेदनहिनताको पराकाष्टाका रुपमा गौप्राणीमाथीको क्रुरता र अपमानले सीमा नाघेको अवस्था छ ।
हिन्दु बाहुल्यता रहेको समूदाय, धर्म संस्कृती र सभ्यताको पैरवी गर्ने समाज अनि राष्ट्रिय जनावरका रुपमा स्थापित गाईको महिमामात्रलाई नजरअन्दाज गर्ने हो भने सडकमा अलपत्र पारिएका गौप्राणीहरुको अवस्था देशको प्रमुख चिन्ता, चासो र समाचारको बिषय बन्नुपर्ने थियो ।
दशैंमा सडकमा अलपत्र ती अबोध गाईबाछाहरु कहाँ बेपत्ता भए भन्नेबारेमा खोज पत्रकारिता हुनपर्ने थियो । शायद हामी ज्यादा सम्बेदाहिन भएका त होईनौं ?
यी समाचारहरु किन समाचारका रुपमा जन जनमा प्रेशित हुन सकेनन् ? हाम्रा पत्रकारिता कुन मार्गमा अघि बढ्दैछन ? एकपटक पूनर्बिचार गर्नुपर्ने हो की ?
हाम्रो अध्ययनमा दशैंबीचमा राजधानीका सडकबाट मात्र सयौं अबोध गाईबाछाहरु बेपत्ता पारिएका छन । पत्रकारिताले यो बिषयको सम्बेदनशिलतालाई उठान गर्ने हो भने, ती अबोध र सामाजिक प्राणीका रुपमा रहेका गौप्राणीहरुको रक्षा हुने थियो की ?
उत्तम पुडासैनी अभियन्ता असहाय गाईबाछा संरक्षण अभियान ९८५११७५७७७
प्रतिक्रिया दिनुहोस्