समयको पदचाप बुझ्न अध्यक्ष थापालाई राजेन्द्र लिङ्देनको आग्रह

 १५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एक मात्र सांसद् राजेन्द्र लिङ्देनले समयको पदचाप बुझ्न अध्यक्ष कमल थापालाई आग्रह गरेका छन्।

पछिल्लो समय नेतृत्वका कारण पार्टीका नेता कार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्ने बेला आएको बताउदै समयको पदचाप बुझेर अध्यक्षको दौडबाट पछि हट्न आग्रह गरको हुन् ।

frontline

बुधबार पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले नेतृत्वको चर्को समेत गरेका थिए । उद्घाटनलाई सम्बोधन गर्दै उनले भने, तपाईंहरु काम नलाग्ने र फेल हुनुभयो भनेर हामीले भनेका छैनौं। तपाईंहरुको भूमिका र योगदान अझै चाहिन्छ।

पछिल्लो २ वर्षमा पार्टी जसरी चल्यो, त्यसरी चल्ने हो भने पार्टीले बोकेको मुद्दा नै रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको लिङ्देनले भने ।

अध्यक्षको उम्मेदवार नबन्ने अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनीको निर्णयको स्वागत गर्दै उनले फेरि अध्यक्षमा दोहोरिन चाहेका कमल थापालाई पनि कार्यकारिणी भूमिका दाबी नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here