सप्तकोशी नदीमा पानीको बहाव उच्च, ब्यारेजको ५६ ढोकामध्ये २३ खोलियो
समाचार सारांश
- वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ।
- आइतबार साँझ कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक मापन गरिएको थियो।
- अहिले कोशी ब्यारेजका २३ ढोका खोलिएका छन् र रातो बत्ती बालिएको छ।
सुनसरी । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो ।
आज बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्