सन्दीप लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन अदालतको आदेश
१२ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्तीकरणी आरोपित क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन आदेश दिएको छ।
मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन आदेश दिएको हो ।
क्रिकेटर लामिछानेलाई १८ वर्षमुनिको नाबालिगलाई बलात्कार गरेको आरोप लागे पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष पूरा भएको दाबी गरेको छ । सन्दीप पक्षले किशोरी नाबालिग नरहेको भनेपछि अदालतले
पछिल्लोपटक नाबालिग किशोरीको उमेर तीन थरी सार्वजनिक भएको छ । र, उमेरसम्बन्धी विवाद भएपछि इजलासले नै किशोरीको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस्