सन्दीपले होबार्टबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने
काठमाडौं। नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग –बीबीएल) खेल्ने भएका छन् । बिहीवार होबार्टले नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको बताएको छ ।
सन्दीपलाई होबार्टले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए ।
उनले ८ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए ।
बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय छ ।
प्रतिक्रिया दिनुहोस्