सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी

२३ भदौ, काठमाडौं । नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी गरेको हो ।

समाचार स्रोतका अनुसार सन्दीपलाई कप्तानसँगै खेलकुद गतिविधिबाट निलम्बन गर्न लागिएको छ । १७ वर्षीया नाबालिगले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए ।

frontline

जिल्ला अदालत, काठमाडौंले बिहीबार सन्दीपलाई पक्राउ गर्न पुर्जी जारी गरिसकेको छ । हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा रहेका सन्दीपलाई इन्टरपोलको सहायतामा पक्राउ गरी नेपाल ल्याउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here