सदस्य र कर्मचारीमा कोरोना संक्रमण, कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

फ्रन्टलाइन राजनीति । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कांग्रेसका केन्द्रीय सदस्य र कर्मचारीलाई कोरोना देखिएपछि आज बस्ने बैठक स्थगित भएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको थियो।

यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पीसिआर परीक्षणका कारण स्थगित भएको थियो। पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको कांग्रेस श्रोतले जानकारी गराएको छ ।

frontline

आज बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम थियो। कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here