सदस्यताको लागि आन्दोलनरत रौतहटका क्रियाशील पत्रकारहरुले आज कालो पट्टी बाँधेर जनाए बिरोध

मेवालाल यादव चैत्र १८ गते, रौतहट । सदस्यता दिनुपर्ने माग गर्दै रौतहटका क्रियाशील पत्रकारहरुले आज हातमा कालोपटी बाँधेर विरोध गरेका छन । सदस्यता वितरणमा नेपाल पत्रकार महासँघ रौतहट शाखाले विभेद गरेको भन्दै आन्दोलनरत रौतहटका त्रियाशील पत्रकारहरुले आज हातमा कालोपटी बाँधेर विरोध जनाएका छन । नेपाल पत्रकार महासंघ रौतहट शाखाको अगाडि महासंघको विरुद्ध शान्तिपुर्ण धर्नामा बसिरहेका त्रियाशील पत्रकारहरुले आज कालोपटि बाँधेर विरोध जनाएका हुन । नेपाल पत्रकार महासंघ रौतहटले जिल्लाका क्रियाशील पत्रकारहरुलाई सदस्यता दिनबाट बञ्चित गरेको भन्दै क्रियाशील पत्रकारहरुले दोस्रो चरणको आन्दोलन अन्तर्गत विगत केहिदिन देखी निरन्तर धर्नामा बसिरहेका छन । महासंघका पदाधिकारीहरुले चुनाव जित्न सक्रिय पत्रकारहरुलाई पाखा लगाउँदै पत्रकारीता क्षेत्रभन्दा बाहिरका आफनै आसेपासे र नजिकका व्यक्तिलाई सदस्यता दिन पटक पटक सिफारीस गरेको भन्दै क्रियाशील पत्रकारहरुले आन्दोलनमा उत्रेका छन । पहिलो चरणको आन्दोलन अन्तर्गत महासंघको कार्यालय गौरमा तालाबन्दी गरेका क्रियाशील पत्रकारहरुले केही दिनदेखी धर्ना दिदै आएका छन । जिल्लाको विभिन्न सञ्चारमाध्यम, पत्रपत्रिका, अनलाईन, टिभिमा आवद्ध क्रियाशील पत्रकारहरुलाई पत्रकार महासंघ रौतहटले सदस्याता दिनबाट आलटाल गर्दै आएको छ जसका कारण बाध्य भएर सक्रिय पत्रकारहरुले महासंघको विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रेको हो । क्रियाशिल पत्रकारहरुलाई पाखा लगाएर गैरपत्रकारहरुलाई सदस्यता वितरण गरेको, श्रमजीवी पत्रकारहरुको हकहितको लागी काम गर्ने स्वच्छ रुपमा पत्रकारहरुको साझा संगठनको रुपमा महासंघलाई स्थापित गर्नुपर्ने र सक्रिय पत्रकारहरुलाई सदस्यता दिलाउनु पर्ने लगायतका मागसहित यहाँका पत्रकारहरुले आन्दोलनमा उत्रेका छन धर्ना बाट पनि महासंघले सदस्यता नदिए यो भन्दा पनि कडा आन्दोलन गर्ने क्रियाशील पत्रकारहरुले चेतावनी दिएका छन् । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी नै रहने क्रियाशील पत्रकारहरुले बताएका छन् । आउँदो चैत्र २२ गतेसम्म महासंघले आफुहरुको माग पुरा गर्न कुनै ठोस कुरा वा जवाफ नदिए ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी क्रियाशील पत्रकारहरुले दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here