सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध, अझै कटान हुने अनुमान

४ साउन, बझाङ । सेती नदीले जयपृथ्वी राजमार्ग अन्तर्गत जालेबगर सडक खण्डमा सडक मुनीबाट कटान सुरु गरेपछि यातायात सेवा अवरुद्ध भएको छ ।

नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक जयपृथ्वी राजमार्ग सडक खण्डमा पुनः कटान सुरु भइ यातायातका साधन सञ्चालनमा शास्ती भएको हो । 

frontline

केही समय अगाडि पुनर्निर्माण भएर सञ्चालनमा आएको जालेबगरमा फेरि अर्कोतिर नदीले कटान सुरु गरेको हो ।  जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टका अनुसार जालेबगरमा सडक कटान हुन थालेको छ ।

अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन् । पानीको बहावलाई हेर्दा उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ ।

गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल बर्षासँगै आएको बाढीले बगाएको थियो ।   सडक बगाउँदा धनगढी, काठमाडौं, महेन्द्रनगर लगायत जिल्ला बाहिर जाने र जिल्ला भित्रने यातायातका साधनहरु वारि पारि रोकिएका छन् ।

सडक सञ्चालनमा ल्याउन स्काइभेटर ल्याउने तयारी भइरहेको र स्काइभेटर पुगेपछि भित्तातर्फ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । 

यस्तै जयपृथ्वी राजमार्ग केदारस्युँ गाउँपालिका -९  सहजपुर, केदारस्युँ १ चौडाम, वित्थडचिर गाउँपालिका ९ सुनकुडा मुनिको घुम लगायतका ठाँउमा सडक अवरुद्ध भएकोले खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here