सत्ता गठबन्धन कायम राख्ने सहमति, गठबन्धनकै सरकार बनाउने निर्णय

फाइल तस्बिर

१९ मंसिर, काठमाडौं । सत्ता गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । निर्वाचनपछि पहिलोपटक बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा बसेको बैठकमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

frontline

उनका अनुसार अब गठबन्धनकै सरकार देशभर बन्ने छ । सरकार बनाउन बहुमत नपुगेकाे अवस्थामा अन्य दलपनि याे गठबन्धनमा सहभागी हुने उनले बताए ।

गठबन्धनले वैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै अघि बढ्ने उल्लेख गरेकाे छ । वक्तव्यमा देशभर सहकार्य थप बलियो बनाएर जाने उल्लेख छ ।

यस्ताे छ विज्ञप्ति 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here