सत्ता गठबन्धनको बैठक आज २ बजे बस्दै

फाइल तस्बिर

४ पुस, काठमाडौं । आज बस्ने सर्वदलिय बैठक अघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

आज अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी र संसदको गतिरोध अन्त्यका लागि छलफल गर्न सर्वदलिय बैठक बोलाउनु भ एको छ ।

frontline

त्यसअघि नै सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ ।

विभिन्न राष्ट्रिय मुद्धाहरुमा साझा धारणा बनाउनका लागि बैठक बस्न लागेको बताइएको छ ।

सर्वदलिय बैठक दिउँसो अपरान्ह ४ बजे बस्नेछ भने सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्नेछ ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here