सत्ता गठबन्धनका ४ दलबीच यसरी गरियो मन्त्रालय बाँडफाँट
सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट भएको छ।
आज बिहान बालुवाटारमा बसेको गठबन्धनको कार्यदलले एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति जुटाएको हो। बाँकी चार मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिनसक्ने दलका लागि बाँकी राखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
अहिलेसम्म गृह रास्वपा सभापति रवि लामिछानेले पाउने करिब निश्चित भएको छ भने अर्थ प्रधानमन्त्रीले आफ्नै दलबाट बनाउँदा वर्षमान पुनको सम्भावना बढेको छ।
प्रतिक्रिया दिनुहोस्