सत्ता गठबन्धनकाे बैठक सकियाे
१५ माघ, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे बैठक केही बेरअघि सकिएकाे हाे ।
आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने उपस्थित भएका थिएनन् ।
स्थानीय तहकाे निर्वाचनकाे मितिबारे सरकारलाई सुझाव दिनका लागि बैठक बसेकाे हाे ।
गठबन्धनमा आवद्ध दलहरुबीचमा आगामी निर्वाचनलाई लिएर एकमत देखिएको छैन ।
प्रधानमन्त्री देउवा स्थानीयको निर्वाचन पहिले गर्ने पक्षमा रहेका छन् भने गठबन्धनका नेताहरु संघीय निर्वाचनमा जानुपर्ने तर्क गरिरहेका छन् ।
यसअघि निर्वाचन आयाेगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहकाे चुनाव गर्न सरकारलाई सुझाव दिएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्