सत्तारुढ गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिने

फाइल तस्बिर

३० असोज, काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंमा आज आइतबार प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडौं–२ की गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले जानकारी दिनुभयो ।

frontline

कार्यक्रममा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

कार्यक्रममा सत्ता गठबन्धनमा आबद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here