सत्तापक्षिय सांसदकै अवरोधले गण्डकी प्रदेश सभा बैठक स्थगित

फ्रन्टलाइन राजनीति । गण्डकी प्रदेश सभाको मङ्गलवारको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकको सुरुमा नै नेकपा एमालेका सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह अवस्था हुँदा सभासद्को पीसीआर परीक्षण नभइ बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेश सभाको बैठक अझै सञ्चालन हुन सकेको छैन ।

frontline

बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधवारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतवार मात्रै अविश्वासको प्रस्ताव टेबुल भइ त्यही विषयमा छलफल हुने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here