सडक खन्ने क्रममा पहिरोमा बेपत्ता ३ मध्ये एकको शव फेला

१ माघ, धादिङ । उत्तरी धादिङ्गको रुबिभ्याली गाउपालिका–१ भुषाबारीमा सडक भासिएर बेपत्ता भएका ३ जनामध्ये एक जनाको शव भेटिएको छ ।

स्थानीय जस थापाका अनुसार पुरोलिम्जो रुबिभ्याली सडक खन्ने क्रममा सडक भासिदा ३ जना बेपत्ता थिए ।

frontline

नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको ३ दिनको प्रयासपछि बेपत्तामध्ये काभ्रे घर भएका सहचालक राजु तमाङ्गको शव आज ४ बजे फेला परिएको हो ।

ठूला–ठूला ढुङ्गा भएको कारण उद्दार कार्यमा ढिलाई भएको धादिङ्गका प्रमुख जिल्ला कृष्ण प्रसाद लम्सालले बताए ।

निर्माणाधीन पुरोलिम्जो रुविभ्याली जोड्ने सडक खन्ने क्रममा स्काभेटर भासिदा दुर्घटना भएको थियो ।

विहान करिब ८ बजेको समयमा सडक भासिदा स्काभेटर चालक काभ्रे घर भएका वर्ष २७ का आकाश तामाङ्ग र स्थानीय रुविभ्याली गाउँपालिका–१ बस्ने वर्ष २७ का अनिश तामाङ्ग अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here