सडकमा पहिलो अधिकार पैदलयात्रीको हुन्छ : मेयर साह

फाइल तस्बिर

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सडकमा पहिलो अधिकार पैदलयात्रीको हुने बताएका छन् ।

महानगरले पछिल्लो समय खाली गरिरहेको फुटपाथको प्रसँग निकाल्दै उनले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति अनुसार काम गरिरहेको बताएका छन् ।

frontline

सामाजिक सञ्जाल फेसबुक मार्फत विज्ञप्ति जारी गर्दै बालेनले बजेटमा ‘फुटपाथमा मानव आवत जावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिने’भन्ने व्यवस्थालाई कार्यान्वयन गराउन सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले लेखेका छन् ‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर बाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो ।’

महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने जनाएको छ । मेयर बालेनले फुटपाथ व्यवस्थापन कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here