सडकमा उत्रिए आवासीय चिकित्सक, तस्बिरहरू

दुई मन्त्रीबिच भएको सहमतिको विरोधमा स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकहरू सडकमा आएका छन् । बुधबार उनीहरूले राजधानीको माइतीघर मण्डलामा धर्ना दिएका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबिच उनीहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा तीन बुँदे निर्णय गरेका थिए । त्यसको विरोधमा आवासीय चिकित्सकहरूले हिजोदेखि आन्दोलन थालेका हुन् । 

frontline

आफूहरू चरम श्रम शोषण गर्ने खालको निर्णय गरिएको भन्दै निर्णायक आन्दोलनमा होमिएको उनीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here