सडकको खाल्डोहरु उपत्यकाभित्र १५ दिन र बाहिर १ महिनाभित्र पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

फाइल तस्बिर

१९ पुस, काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको खाल्डोहरु पुर्न उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मंन्त्रालय मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ्ग कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन।’

frontline

यसको लागि राजनीतिज्ञ र कर्मचारीले शुसासन कायम गर्न आत्माआलोचना सहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य रहेकोमा उपप्रधानमन्त्री श्रेष्ठको जोड रहेको छ।

झण्डै ४ घण्टा लामो ब्रिफिंगमा सडक बिभाग मातहतको सम्पूर्ण आयोजना र अवस्थितिको ब्रिफिंग गरिएको थियो। त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अत्यन्त समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कारबाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको उपप्रधानमन्त्री श्रेष्ठको स्वकीय सचिव विजय गौतमले बताए ।

जागिरे मानसिकताबाट माथि उठेर विकास निर्माणमा जिम्मेवार हुन कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले सञ्चालित सम्पूर्ण आयोजनाको अवस्था र भावी योजना ५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो।

साथै भौतिक पूर्वाधार केन्द्रीत कार्यदल बनाएर सुधारको परिणाममूखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here