संस्थापन पक्षबाट मेरो नाम काटियो, बुढानिलकण्ठ जाने कुरा भएन : विमलेन्द्र निधि

२२ मंसिर, काठमाडौं । १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेसका शीर्ष नेताको दौडधुप जारी रहेको छ। सभापतिको टुंगो लगाउन देउवा पक्ष र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका हुन्।

दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहका आकांक्षी व्यवस्थापनका लागि जुटेका छन्।

frontline

देउवाको निजी निवास बुढानिलकण्ठमा बुधबार बोलाइएको संस्थापन पक्षको बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई बोलाइएको छ।

बैठकमा संस्थापन पक्षबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका बिषयमा छलफल हुने बताइएको छ।

सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधि भने प्यानलमा पदाधिकारीको खोजी गर्दैछन्। निधिले संस्थापन पक्षबाट आफ्नो नाम काटिएकाले नजाने बताएका छन्। उनले भने, ‘संस्थापन पक्षबाट मेरो नाम काटिसकिएको छ। बुढानिलकण्ठ म जाने कुरा भएन।’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनमा आफूलाई सभापतिका लागि सघाउन पनि पटक पटकको आग्रह गर्दै आएका छन्।

नेता निधिले भने, ‘प्रतिष्प्रधात्मक बाट भयो भने मेरो पक्ष बलियो छ। यदी सहमतिबाट जाने सल्लाह भयो भने त्यो पनि ठीकै छ।’ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here