संस्थागत सहकार्य गर्ने प्रतिबद्धता : महासंघ र चेम्बर

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन्। महासंघ, चेम्बर र परिसंघबीच संस्थागत सहकार्य र कार्यगत एकतालाई अगाडि बढाउन दुई दुई जनाको एक समिति गठन गरी सोही समितिमार्फत कार्य गर्नु उपयुक्त हुने सुझाव पनि वक्ताहरूले कार्यक्रममा राखेका थिए।

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल चेम्बर अफ कमर्सको हालै सम्पन्न ७० औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागतमा कार्यगत एकतामा जोड दिइएको थियो।

frontline

 ‘एकता नै बल हो भन्ने कुरालाई हामी तीनै वटा संस्थाहरूले मनन गरेर अगाडी बढ्नु पर्छ’, महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीहरूलाई स्वागत गर्दै भने,‘ हामी प्रतिस्पर्धी होइनौं एक अर्काका परिपुरक हौं र आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरौ, सहकार्यलाई अगाडि बढाऔं।’ चेम्वरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघसँग संस्थागत सहकार्य गर्ने प्रतिबद्धता जनाए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here