संसारको सबभन्दा लामो मोटरसाइकल

६ मंसिर, भारत । मानिसहरू गिनिज बूकमा नाम लेखाउन जे गर्न पनि तयार हुन्छन् । अर्काले नगरेको कुरा गर्न उद्यत रहन्छन् 

यस्तै एक भारतीयले २६.२९ मिटरको मोटरसाइकल बनाएर गिनिज बूकमा आफ्नो नाम दर्ता गराएका छन् । भारतको गुजरातमा बस्ने भरत सिंह परमारले लगभग ८६ फीट तीन इन्चको मोटरसाइकल बनाएर कीर्तिमान कायम गरेका हुन् ।

frontline

यो मोटरसाइकलको परीक्षण गर्न गिनिज बूकको टोली गुजरात आएको थियो । भरत सिंहले टोलीका अगाडि मोटरसाइकल चलाएर छक्क पारिदिए अनि उनीहरूले यसलाई सबभन्दा लामो मोटरसाइकलका रूपमा दर्ता गरिदिए ।

यसअघिको लामो मोटरसाइकल अहिलेको भन्दा लगभग १३ फीट छोटो थियो ।

जति लामो भएपनि यसमा थुप्रो मान्छे राखेर कुदाउन मिल्ने चाहिँ होइन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here