संसारकै सानो पुस्तक ४ हजार २ सय युरोमा बिक्री

७ पौष, मेइन्ज ।  संसारकै सानो पुस्तक ४ हजार २ सय युरोमा बिक्री भएको छ।

जर्मनको मेइनजस्थित गुटेनवर्ग संग्राहलयबाट संसारकै सानो पुस्तक सो रकममा लिलामीमा बिक्री भएको हो।

frontline

लेदरको गाता भएको पुस्तकको लम्बाइ ५ मिलिमिटर र चौडाइ ५ मिलिमिटर रहेको छ। सिसाकलमको टुप्पोभन्दा सानो रहेको सो पुस्तक डच, अंग्रेजी, फ्रेन्च, जर्मन, स्पानिस र स्विडिस भाषामा प्रकाशित भएको बताइएको छ।

सो पुस्तक १ हजार युरोदेखि १५ सय युरो मूल्य बराबरको भए पनि खरिदकर्ता हेन्री गड्ट्सले सो पुस्तकलाई ४ हजार २ सय युरोमा किनेको गार्जियनमा समाचार छ।

‘दी लर्डस प्रेयर’ शीर्षकको सो पुस्तकमा छापिएका अक्षरहरु नाङ्गो आँखाले पढ्न नमिल्ने बताइएको छ।

सन् १९५२ मा जोहानेस गुटेनवर्ग म्युजियमद्वारा प्रकाशित सो पुस्तकको १ सयभन्दा कम कपिमात्र छापिएको बताइएको छ।

सो पुस्तकको संकलन ज्वेलरी बक्सभित्र राखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here