संसद‍्भित्र मिठाई बाँड्दा केन्याकी सांसद निलम्बित

श्रोत : ईन्टरनेट

२३ पुस, नाइरोबी । संसद‍्भित्र मिठाई बाँड्दा केन्याकी सांसद निलम्बित भएकी छन् । संसद‍्भित्र रहेका आफ्ना सहकर्मीलाई मिठाई बाँड्दा सांसद फातुमा गेडि एक दिनका लागि निलम्बित भएकी हुन् ।

संसद‍् बैठक चलिरहेको बेला घुस खुवाउन खोजेको भन्दै सांसद‍् फातुमाका सहकर्मी नदिन्दी न्योरोले आरोप लगाएको र लगत्तै उनलाई निलम्बनमा पारिएको बीबीसीमा समाचार छ ।

frontline

निलम्बित सांसद‍्ले एकदिन लामो कार्यक्रममा संसद‍्का सदस्यको शरीरमा चिनीको मात्रा घटेकाले उर्जा ल्याउन सबैलाई मिठाई बाँडेको बयान दिएकी छन् ।

संसद‍्भित्रको नियम तोडेको भन्दै उनलाई निलम्बन पारिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here