संसद्का सबै सदस्यले आफूलाई विश्वासको मत दिने प्रधानमन्त्री प्रचण्डको विश्वास

फाइल तस्बिर।

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्का सबै सदस्यले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा उपस्थित भएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

frontline

उनले भने– ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।’

प्रतिनिधिसभा संसद्को भोलिको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here