संसदमा गृहमन्त्रीको राजीनामा माग, बैठकका तस्बिरहरू

काठमाडौँ । प्रनिनिधिसभाको आजको बैठकमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए भने सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि माओवादी सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीमाथि गम्भीर प्रश्न रहेकाले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्