संसदको अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

मंगलवार, काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

frontline

उनका अनुसार सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

सर्वोच्च अदालतबाट संसद्को पुनर्स्थापना भएपनि सरकारले बिजनेस नदिएर संसदललाई बिजनेसविहीन बनाएको थियो।

सरकारले सदनलाई बिजनेसविहीन बनाएको भन्दै सांसदहरूले संसद्मा बारम्बार ध्यानाकर्षण गराइरहेका थिए।

सभामुख सापकोटा सदनलाई प्रभावकारी बनाउन  चुकेको उनीहरुको भनाई थियो।

सरकार गठन भएको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here