संवैधानिक इजलासबाट न्यायाधीश कार्की र डा.भट्टराई हट्नुपर्ने माग

काठमाडौं । संसद विघटनको मुद्दामा सरकारी पक्षले संवैधानिक इजलासबाट न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई हट्नुपर्ने माग गरेको छ ।

आइतबार वरिष्ठताका आधारमा गठन गरिएको इजलासमा महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीशहरु कार्की र भट्टराई हट्नुपर्ने माग गरेका हुन् ।

frontline

उनले आफूलाई दुईजना न्यायाधीशमाथि आशंका रहेको भन्दै इजलासबाट हटिदिन आग्रह गरेका हुन् ।

‘पूर्वाग्रहको आशंका भए पुग्छ भनेर आनन्दमोहन श्रीमानले नै लेख्नुभएको छ, हामीलाई यो इजलासमा आशंका छ’ उनले भने ।

दुईजना न्यायाधीश हट्दा पनि संवैधानिक इजलास गठन गर्न समस्या नहुने भन्दै उनले भने ‘के हामी अहिले विकल्पविहीन अवस्थामा छौं र ?

यो भन्दा अगाडि पनि एकपक्षीय भयो ।

त्यसबेला समयमा पनि हामीलाई न्याय भएको थिएन ।

हामी के चाहन्छौं भन्ने समानता हुनुपर्छ ।

प्रक्रियामा पनि हामीले जस्टिस खोजेका छौं ।’

महान्यायाधिवक्ता बडालले जेठ १८ गते संवैधानिक इजलासका न्यायाधीशले लेखेको रायमाथि प्रश्न उठाए ।

‘५ जना न्यायाधीश अस्ति जो इजलासमा बस्नुभो उहाँहरुको आदेश मान्ने कि नमान्ने भन्ने प्रश्न छ ।

यो अस्ति लेखेको राय के हो ?’ उनले प्रश्न गरे, ‘यो आदेशमा प्रधानन्यायाधीशको हस्ताक्षर खोई ?

हाम्रो न्यायिक प्रणालीलाई हामीले कुन दर्जामा राख्ने ?

हामीले स्थापित गर्न खोजेको न्यायिक परम्परा के हो ? यो आदेशमा केही न्यायिक विचलन छन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here