संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने वाचा पूरा गर्न आग्रह

न्यूयोर्क, असोज २६ (रासस-एएनआई/स्पुतनिक): संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् ।

महासचिव गुटेरेसले भनेका छन् “तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा – अफगान नागरिकहरू – महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरु सहित – उनीहरु आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्।”

frontline

त्यो पूरा हुनुपर्छ । “म तालिबानलाई दृढतापूर्वक अपील गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस्,” गुटेरेसले जोड दिएका छन् । —–

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here