संयुक्त एम्बुलेन्स चालक संघद्वारा विभिन्न दश बुदेँ माग राख्दै स्वास्थ्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र

२० मंसिर, काठमाडौं । संयुक्त एम्बुलेन्स चालक संघद्वारा विभिन्न दश बुदेँ माग राख्दै स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापन पत्र बुझाएका छन् ।

संघले जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले २०७८ साल भदौँ २२ गते जारी गरेको निर्देशीका सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

frontline

संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष नवराज लामीछानेले २०७८को निर्देशिकाले ६ हजार एम्बुलेन्स चालक तथा सञ्चालकहरु विस्थापित हुने अवस्था आएको बताउनुभयो । उहाँले तत्काल ती निर्णयहरु खारेज गर्न माग गर्नुभयो ।

अस्पतालहरुले मात्र एम्बुलेन्स संचालन गर्न पाउने निर्णय एम्बुलेन्स र श्रमिक अधिकार विरोधी निर्णय खारेज गर्न संघको माग रहेको छ ।

संयुक्त एम्बुलेन्स चालक संघद्वारा विभिन्न दश बुदेँ मागहरु

१,अस्पतालहरुले मात्र एम्बुलेन्स संचालन गर्न पाउने निर्णय एम्बुलेन्स र श्रमिक अधिकार विरोधी निर्णय खारेज गरियोस् ।
२, सरकारी अस्पतालको निर्देशनमा संचालन गर्ने परिपाटी अन्त्य गरियोस् । क, ख र ग बर्गमा रहेको ग बर्गलाई परिवर्तन गर्ने निर्णयलाई आगामी दिनको प्रकृयमा लागु गरियोस् ।
३, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गरि संचालन गरियोस् ।
४, अस्पतालले मात्र एम्बुलेन्स राख्न पाउने न्यूनतम कोटाले बिरामीको क्षेत्रमा असर पु¥याउने हुदाँ खारेज गरियोस् ।
५, कुनै पनि अस्पतालमा स्वतन्त्र तरिकाले पार्किङ गर्न पाउने व्यवस्था गरियोस् ।
६, राज्यको तर्फबाट चालकलाई स्वास्थ्य सामाग्री न्यूनतम एम्बुलेन्समा राख्नुपर्ने औषधीहरु स्वास्थ्य कार्यालयबाट निश्ुल्क व्यवस्था गरियोस् । साथै प्राणघातक रोगबाट बच्नका लागि चालक र एम्बुलेन्स विरामीलाई स्वास्थ्य सामाग्री दिने व्यवस्था गरियोस् ।
७, एम्बुलेन्स चालकको पहिचान खुल्ने गरि छुट्टै चालक ड्रेसको व्यवस्था गरियोस् र राज्यको तर्फबाट जोखिम भत्ताको व्यवस्था गरियोस् ।
८, एम्बुलेन्स चालकलाई राष्ट्रिय सेवक घोषणा गरियोस् । चालकको बालबच्चालाई छात्रवृतिको व्यवस्था गरियोस् ।
९, एम्बुलेन्स चालकलाई राज्यद्वारा स्वास्थ्य÷ जीवन विमाको व्यवस्था गर्नुको साथै चालकको स्वास्थ्य उपचारको पनि व्यवस्था गरियोस् ।
१०, एम्बुलेन्ससंग सम्बन्धित राज्यको तर्फबाट हुने निर्णयहरुमा हाम्रो संघको सहभागितामा निर्णय गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here