संखुवासभा हत्या प्रकरण : टाउकोमा गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या

काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । धरानका चिकित्सकहरुले प्रारम्भिक जाँचबुझ गरेर टाउकोमा देखिएको गम्भीर चोटका कारण ६ जनाको मृत्यु भएको देखिएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पछाडिबाट लौरो वा मुंग्रो जस्तो कुराले गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या गरेको हुनसक्ने देखिएको छ । तर हालसम्म हत्यामा प्रयोग भएको हतियार फेला परेको छैन ।

frontline

प्रहरीले धरानका एक जना फरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई पनि घटनास्थलमा लगेको थियो । उनले सोमबार बिहान झिसमिसेमै घटना भएको हुनसक्ने आशंका गरेका छन् ।

बुट लगाएर खेतमा शव भेटिएका कारण पनि बिहानै घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । सोमबार बिहान मादी नगरपालिका–१, उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन् ।

बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की, नाति विपिन र नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here