संक्रमितलाइ घरमै रहन दिक्तेलको आग्रह, नियम उलंघन गरे कारबाही गर्ने चेतावनी

फ्रन्टलाइन दिक्तेल । खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना संक्रमण पुष्टि भएका नागरिकहरुलाई घरमै बसि स्वास्थ्य लाभ गर्न र बाहिर हिँडडुल गरि जोखिम नबढाउन अपिल गरेको छ । नगरप्रमुख दिप नारायण रिजालले हालै एक सुचना जारी गर्दै सो आग्रह गर्नुभएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड–१९) नयाँ प्रजातिको भाइरस नियन्त्रण र ब्यबस्थापनलाई उच्च प्राथमिकतामा राखी नगरपालिकाले पिसिआर स्वाब र एन्टीजेन परिक्षण गर्दा संक्रमण पुष्टि भएका बिरामी व्यक्तिहरुलाई बारम्बार सूचना गर्दा पनि अझै होमआइसोलसनमा नबसी बाहिर हिडडुल गरिरहेको भन्ने व्यापक जनगुनासो आएको र यस्तो गतिविधिले कोरोना भाइरस फैलिने खतरा भएकोले डाक्टरले दिएको सुझाव अनुसार होम आइसोलेसनमा बस्न र उच्च स्वास्थ्य सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।


नियम उल्लंघन गरि अटेर गरेमा नगरपालिकाले निर्माण गरेको संस्थागत आइसोलेसनमा राखिने र रोग संक्रमण ऐन अनुसार कारबाही समेत हुन भन्दै सम्बन्धित सबैमा नगरपालिकाले जानकारी गराएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here