संक्रमितको हेरचाहमा अहोरात्र खटिएका नर्सको प्रशंसा

नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिंगेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् । उनले आज ट्विट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिंगेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा गरेकी हुन् ।

frontline

“विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिंगेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” उनले ट्विटमा भनेकी छन् ।

आज नेपालसहित विश्वभरि नै ‘नर्स : नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here