श्रीलङ्काले रुस युक्रेनका पर्यटकको भिसाको म्याद थप्ने निर्णय

१७ फागुन, काठमाडौं । श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरूको भिसाको म्याद थप्ने निर्णय गरेको छ ।

उनीहरू अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरूको भिसाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

frontline

रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले रुस र युक्रेनबीच युद्ध जारी छ । युद्धका कारण युक्रेनमा रहेकाहरू पनि सकेसम्म अन्य देशतर्फ जाने गरेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार श्रीलङ्कामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटकहरू रहेको जनाएका छन् ।

तीमध्ये ११ हजार ४६३ जना रुसका पर्यटक रहेका छन् भने तीन हजार ९९३ जना युक्रेनका छन् ।

श्रीलङ्काको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरूले जनाएका छन् ।

सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुसी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here