श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन सुरु

कोलोम्बो, असोज ९ रासस÷सिन्ह्वा० ः श्रीलङ्काका अधिकारीहरूले शुक्रबारदेखि शारीरिकरूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोभिड–१९ खोपहरू दिन थालेको बताएका छन् ।

श्रीलङ्काका सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अनुसार राजधानी कोलम्बोमा बालबालिकाका लागि ‘लेडी रिजवे अस्पताल’मा उत्तर–मध्य प्रान्तको अनुराधापुरा र उत्तरपश्चिमी श्रीलङ्काको कुरुनेगालामा खोप अभियान सञ्चालन गरिनेछ ।

frontline

सिल्भा भन्नुभयो, “चिकित्सकहरूको अवलोकनमा बालबालिकाहरूलाई फाइजर खोप दिन थालिएको छ ।” यो कार्यक्रम चाँडै देशभरिका सबै जिल्लाहरूमा लगिने सैनिक कमान्डरले बताए ।

आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्कामा जन्मजात रोग लागेका अनुमानित ५०,००० बालबालिकाहरू छन् जसलाई आगामी दिनहरूमा कोभिड–१९ भाइरस विरुद्ध खोप लगाइनेछ ।

श्रीलङ्का राष्ट्रव्यापी बृहत् खोप कार्यक्रम अन्तर्गत छ र २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ । यहाँ लगाइएका वा लगाउन अनुमति पाएका प्रमुख खोप सिनोफार्म हो ।

यहाँ एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुटनिक–भी लगाउन पनि अनुमति दिइएको छ । यस एशियाली मुलुकमा गत मार्च देखि हालसम्ममा कूल पाँच लाख १० हजार ५० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार ४४८ जनाको मृत्यु भएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here