श्रीलंकाका प्रधानमन्त्रीद्वारा सर्वसाधारणलाई धैर्य गर्न आग्रह

२५ जेठ काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगेले राष्ट्रसंघीय निकायबाट ४ करोड ८० लाख अमेरिकी डलर सहयोग प्राप्त हुने भन्दै सर्वसाधारणलाई धैर्य गर्न आग्रह गर्नुभएको छ ।

संसदलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री विक्रमासिंगेले ४ महिनाको अवधिमा राष्ट्रसंघले उक्त सहायता रकम उपलब्ध गराउने योजना रहेको बताउनु भएको छ ।

frontline

आगामी ३ हप्ताका लागि केही अत्यावश्यक वस्तुहरू प्राप्त गर्न कठिन हुने भन्दै उहाँले सबैलाई एकताबद्ध र धैर्यवान हुन, दुर्लभ आपूर्तिका सामग्री सकेसम्म कम प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गर्नुभएकाे छ।

बिना अवरोध इन्धन, खाद्यान्न र अन्य स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न विभिन्न पक्षहरूसँग वार्ता भइरहेको उहाँको भनाइ छ ।

लगभग टाट पल्टिएको श्रीलंकामा खाद्यान्न, औषधि, इन्धन र खाना पकाउने ग्याँस लगायतका अत्यावश्यक वस्तुको गम्भीर अभाव भएकाे छ ।

सन् २०२६ सम्ममा तिनुपर्ने २५ अर्ब डलरको वैदेशिक ऋणमध्ये यो वर्ष ७ अर्ब डलर चुक्ता गर्नुपर्ने छ । श्रीलंकाको कुल विदेशी ऋण ५१ अर्ब डलर छ ।

साथै चरम आर्थिक सकंटबाट गुज्रिरहेको श्रीलंकालाई खाद्य, कृषि र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी रुपमा आह्वान गर्दै आइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here