श्रीलंकाका नयाँ राष्ट्रपति विक्रमसिंघेविरुद्ध जनप्रदर्शन

फाइल तस्बिर

६ साउन, एजेन्सी । श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमसिंघेविरुद्ध लगातार जनप्रदर्शन भइरहेको छ ।शुक्रवार बिहान राष्ट्रपति सचिवालय नजिक सुरक्षाकर्मीहरूले विरोधकर्ताहरूलाई हटाएपछि गल फेस विरोधस्थलमा कम्तीमा नौजनालाई पक्राउ गरिएको छ ।

सुरक्षाकर्मी र विरोधकर्ताबीचको झडपमा कैयौं घाइते भएका छन् । प्रहरीले सेना तथा एसटीएफको सहयोगमा विरोधकर्ताहरूलाई राष्ट्रपति सचिवालयबाट हटाएको थियो । पक्राउ गरिएकाहरूलाई आज अदालतमा पेश गरिने प्रहरीको भनाइ छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here