श्रीलंकाका जेल प्रमुखलाई मृत्युदण्डको सजाय

१ माघ, कोलम्बो । एक श्रीलंकन जेल प्रमुखलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

कारागारमा २७ कैदीको ज्यान जानेगरी घटना घटाएको भन्दै कारागार आयुक्त एमिल लमहेवाजलाई श्रीलंकाको कोलम्बो उच्चले मृत्युदण्डको सजाय सुनाएको हो।

frontline

२७ कैदीको ज्यान लिएको आरोप लागेका कारागार आयुक्त लमहेवाज र प्रहरी कमान्डर मोजेज रंगाजिवामाथि कोलम्बो उच्च अदालतमा मुद्दा चलिरहेको थियो।

सो नरसंहारको आरोप लागेका प्रहरी कमान्डरलाई भने अदातले सफाइ दिइ जेलबाट छुटाएको थियो।

श्रीलंकाको राजधानी कोलम्बोस्थित सन् २०१२ मा वालिकाडा कारागारमा गोली चलेको थियो। सो गोलीबारीमा २७ कैदीको ज्यान गुमेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here