श्रीमतीलाई छुरा प्रहार गर्ने श्रीमान् पक्राउ

१३ फागुन, काठमाडौं । एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।

बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

frontline

रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रमिलाको घाटीमा गम्भीर चोट छ ।उनी बोल्न नसक्ने अवस्थामा छिन् । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here