श्राद्ध खान भारत गएका छोरा मृत भेटिएपछि परिवार शोकमा

जनकपुरधाम । श्राद्धको भोज खान भारत गएका छोरा मृत अवस्थामा भेटिएपछि धनुषाको शहीदनगर नगरपालिका–९ को एक परिवार शोकमा डुबेको छ ।

२७ असारको रातिदेखि बेपत्ता भएका २३ वर्षीय दीपेश रजकको परिवार शोकमा डुबेको हो ।

frontline

साथीसँगै भोज खान भारत गएका उनी एक्कासी सम्पर्कविहीन भएपछि चौतर्फी खोजतलास गरिएको थियो ।

खोजी गर्ने क्रममा दीपेशको शव बिहारको छतौनी पञ्चायतस्थित बछराजा नदीमा प्रहरीले मृत अवस्थामा फेला पारेको थियो ।

उनका बुवा सतिशनारायण भारत पुगेर नेपाल शव लिएर आएका थिए ।

धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक लागेको देखिएको बताए ।

दीपेश वैदेशिक रोजगारीबाट ६ महिना अघि मात्र नेपाल फर्किएका थिए । उनी पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा थिए ।

दीपेशका पिता सतिशनारायणले आफ्ना छोराको हत्या गर्नेलाई कानून अनुसार कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here