शैक्षिक भ्रमणलाई बजेट नदिएको भन्दै मेयरमाथि विद्यार्थीद्वारा आक्रमण प्रयास,झडपमा पाँच प्रहरी र दर्जनौँ विद्यार्थी घाइते

श्रोत : ईन्टरनेट

९ असोज, जनकपुरधाम । रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवमाथि आक्रमणको प्रयास भएको छ । आइतबार नगरपालिकाको प्राङ्गणमा विद्यार्थीहरूले उनीमाथि आक्रमण गर्ने प्रयास गरेका हुन् ।

शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै शंकर मावि र आधारभुत विद्यालय छोटी भन्सारका विद्याथीहरूले यादवमाथि आक्रमणको गर्ने प्रयास गरेका हुन् ।

frontline

प्रहरीले नगर प्रमुखलाई सुरक्षा दिँदा प्रहरी र विद्यार्थीबीच पनि झडप भएको थियो । नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक सुनिल कुमार यादवसहित एक जवान र सशस्त्र प्रहरीका तीनजना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार झडपमा पाँचजना प्रहरी र दर्जनौँ विद्यार्थी घाइते भएका छन् । प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गरेर स्थित नियन्त्रणमा लिएको छ ।

विद्यार्थी र प्रहरीबीच करिब डेढ घण्टा ढुंगा हानाहान भएको थियो । नगरप्रमुख यादव चढ्ने सरकारी नम्बर प्लेट ना १ झ १६९३ गाडीमा ढुंगामुढा गरी क्षतिग्रस्त बनेको छ । विद्यार्थीहरूले गरेको ढुंगामुढाबाट पालिकाको कम्युटर, टेबुल, कुर्सीलगायतका सामानहरूसमेत तोडफोड भएको मेयर यादवले बताए ।

उनले जनता समाजवादी पार्टी र एमालेका नेताहरूको उक्साहटमा आफूमाथि आक्रमण प्रयास भएको आरोप लगाएका छन् । केही वडाध्यक्ष र प्रध्यानाध्यापकले विद्यार्थीलाई प्रयोग गरी आक्रमण गराएको उनको आरोप छ । उनी जसपाबाट निर्वाचित भएका हुन् । 

आधारभूत विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद यादवमाथि पनि उनले आरोप लगाएका छन् । विद्यार्थीलाई पेट्रोल दिएर आगो लगाउन उकासएको उनीमाथि आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here