शेयर बजार बढ्यो ५ अंकले

१४ पुस, काठमाडौं । शेयर बजार परिसूचक नेप्से ५.५१ अंकले बढेर बन्द भएको छ । सरकारले बिहीबार सार्वजनिक बिदा घोषणा गरेपछि यो साताको अन्तिम कारोबार दिन ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ८ समूहमा हरियाली छाएको थियो ।

frontline

बुधबार २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ९१ कम्पनीको शेयर मूल्य बढ्यो भने ८७ कम्पनीको मूल्य घट्न पुग्यो । यस्तै १२ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

बुधबार मध्य भोटेकोशी र नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा ९.प्रतिशत बढीले बढ्यो भने प्रिमियर इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीका शेयर धनीले बजारबाट ५ प्रतिशत भन्दा बढीले आम्दानी गरे ।

नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइन्यान्सका लागानीकर्ताले बजारबाट धेरै गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here