शेयर कारोबारमा फेरी अर्को कीर्तिमान

काठमाडौं । नेपालको शेयर कारोबार रकममा फेरि अर्को कीर्तिमान बनेको छ ।

कारोबार गर्ने हप्ताको पहिलो दिन आज सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।

frontline

आज नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो ।

यसअघि नेप्सेमा २०७८ जेठ १३ गते बिहीबार १४ अर्ब ७६ करोड ८८ लाख बराबरको कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

आज नेप्से १२.५४ अंकले बढेर दुई हजार आठ सय २७.९३ विन्दुमा पुगेको छ भने आज कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् ।

नेप्सेका अनुसार आज १८ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here