शेखर कोइरालाको वरियता २० औँ नम्बरमा
१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको वरियता २०औँ नम्बरमा तोकिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा पराजित भएका कोइरालाको वरियता २०औँ नम्बर कायम गरेका हुन्।
सभापति देउवाले तोकेको वरियताअनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो।
नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन्।
त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्