शिशु हत्या आरोपमा आमा बुवा पक्राउ

रुपन्देही । रुपन्देहीमा शिशुको हत्या आरोपमा आमा बुवा पक्राउ परेका छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७ महिने शिशु सुरज मल्लाहाको हत्या आरोपमा प्रहरीले आमा बुवालाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए ।

शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थिए । शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतक शिशुलाई पोष्टमार्टमका लागि पठाइएको र घटनाका बारेमा अनुसन्धान जारी रहेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here