शिवराजमा सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न
कपिलवस्तु । शिवराज नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रमको सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिकाका उपमेयर शिव कुमारी थारुले वैदेशिक रोजगार वाट फर्केका युवाहरुलाई सिपको आधारमा पालिकाले रोजगारीको अवसर दिने बताइन् । नगरपालिकाले वैदेशिक रोजगारमा गएका परिवारलाई घर दैलोमा भेटघाट र मनौमासिक परामर्श दिदै आएकोले सामी परियोजनाका सम्पुर्ण टिमलाई धन्यवाद समेत व्यक्त गरिन् ।
हेल्भेटासका कार्यक्रम संयोजक जियाउल हकले सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धी छलफलको सहजीकरण गरेका थिए । कार्यक्रम शिवराज नगरपालिका उप-प्रमुख शिवकुमारी थारुको अध्यक्षता वडा अध्यक्षहरुको आतिथ्यचामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्